काठमाण्डौ अशोज ०६ – कोईलीको झैँ मिठो स्वरकी धनी चर्चित गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ । चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेलको स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भिम बि. सी.,को संगीत र संगीत संयोजन आमोस तामाङको रहेको छ ।

जि.बी अग्रीको निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन । दिपक एम सिंह को नृत्य निर्देशनमा रहेको उक्त एल्बममा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।

संगीत क्षेत्रकी एक चिर परिचित् गायिका पुर्णिमा लामाले कलिलो उमेरदेखी नै गीत संगीत क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै डेढ दशक देखी निरन्तर गीत संगीत क्षेत्रमा कृयाशिल रहेकी छिन् । चर्चित गायिका पुर्णिमा लामाले हाल सम्म झन्डै ४–५०० भन्दा बढी गीत गाई सकेकी छिन् । चर्चित गायिका लामाको योगदानले नेपाली गीत संगीत क्षेत्रलाई थप उच्चाईमा पुर्याउन महत्वपुर्ण भुमिका रहेको छ भने लामा एक असाधरण क्षमताकी खानी हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया