काठमाण्डौ अशोज ०७ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा अहिले यस चाड संग सम्बन्धित गीतहरु थुप्रै सार्बजनिक भैरहेका छन् । यसै भिडमा मान कुमारी लामाले पनि आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा “चर्के पिङ्ग” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । उनको यो पहिलो गीत भएता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतका हस्तीहरु संग सहकार्य भएको हुनाले गीत निकै उत्कृष्ट बनेको छ । गीतलाई लय नारायण दंगालले भरेका छन् भने शब्द शारदा रसाइलीको रहेको छ ।

“चर्के पिङ्ग” बोलको गीतमा राम स्याङ्गतान, सागर स्याङ्गतान र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । बिशेष कुरा त के छ भने यस गीतमा स्वर भर्नुहुने गायक तथा सर्जक राम स्याङ्गतान केहि समय अगाडी सम्म प्रबासमा रहेका थिए । उनि अहिले नेपाल आएको करिब १ हप्ता भन्दा बढी भैसकेको छ । जुनसुकै प्रबासीहरुलाई पनि स्वदेश फर्कीसके पछी आफ्नो घर परिवार साथीभाई भेट्न हतार हुने गर्दछ । तर राम यसै गीतको तयारीका लागि आफ्नो जन्म ठाउँ नुवाकोट नपुगी हाल सम्म पनि काठमाण्डौमा नै रहेका छन् । भन्नुको तात्पर्य नेपाली गीत संगीत कै लागि कलाकारहरु यति ठुलो त्याग समेत गर्न सक्ने रहेछन् ।

“चर्के पिङ्ग” बोलको गीत, दशैँ दुख मात्र होइन, आफ्नो गक्ष्य अनुसार हर्सउल्लासका साथमा पनि मनाउनु पर्दछ संदेशको पेरिफेरीमा रहेको छ । अमोन रानाको कोरिग्राफीले सजिएको यस गीतको म्युजिक भिडियोमा सुक्र लामा, प्रकाश तामाङ्ग राज, जुना कार्की र गणेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन सुजन कोइरालाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया