धरान : प्रदेश- १ सरकारको मुख्य न्यायाधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त भएका छन् ।

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहीबार राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ खुवाइएका छ्न् । मुख्यन्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका हुन्।

२० वर्षदेखि कानुन व्यसायीको रुपमा काम गरिसकेका राईले एमएलसम्मको अध्ययन गरेका छन् । खोटाङको साकेला गाउँपालिका-२ स्थायी घर भएका राई नेकपा एस निकट कानुन व्यवसायी हुन्।

तपाईको प्रतिक्रिया