काठमाण्डौ अशोज १० – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले नेपाली संगीतको बजारमा यस पर्ब संग सम्बन्धित थुप्रै गीत सार्बजनिक भैरहेका छन् । सोहि भिडमा लोकप्रिय गायक तथा सर्जक मुकुन्द महतले पनि निकै मर्मस्पर्सी गीत भर्खरै सार्बजनिक गरेका छन् । उनको दशैँ बिशेष गीत “दशैँ तिहार” बोलको रहेको छ । प्रस्तुत गीतमा बाध्यता र विवसताको कारण परदेशिएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुका जिबन भोगाई र यस्तो महान चाडमा पनि आफ्नो घरपरिवार संगै रहेर दिनहरु बिताउन नपाउनुको वियोगान्त कथा समाबेश गरिएको छ ।

“दशैँ तिहार” बोलको गीतलाई लय गायक स्वयम् ले भरेका छन् भने शब्द राधिका दाहालको रहेको छ । एच बि रसाइली द्वारा संगीत संयोजन भएको यस गीतमा स्वर भने मुकुन्द महतको साथमा सुभद्रा तिमल्सिनाको रहेको छ । दशैं नजिक आइसकेको कारण र छोटो  समयलाई भिडियो तयार पार्दा जति दर्शकहरुको साथमा पुग्न पर्ने हो, त्यो नहोला भन्ने अर्थमा यसपालि भने यस गीतको म्युजिक भिडियो नबनेको निर्माण युनिटले जनाकारी दिएको छ । गीतलाई के डी रुपाखेती फिल्म्स युट्युब च्यानल मार्फत सार्बजनीक गरिएको हो ।

यस गीतलाई सुन्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया