अशोज १३ काठमाण्डौ – राष्ट्रिय काँठे लोक दोहोरी अवार्डको दोस्रो संस्करण ‘राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड –२०७९’ सम्पन्न भएको छ । साँस्कृतिक संस्थान राष्ट्रिय नाँचघर जमलको सभाहलमा एक विशेष समारोहबीच सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरूले अवार्ड प्राप्त गरेका थिए ।

सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा.लिका अध्यक्ष माधब थापाको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा प्रदेश युवा तथा खेलकुद मन्त्रि रत्न प्रसाद ढकालको प्रमुख आतीथ्यता रहेको थियो भने वातावरण मन्त्रि बिशाल खड्काको बिशिस्ट आतिथ्यता रहेको थियो ।

समारोहमा काँठे लोक सङ्गीतका मुर्धन्य व्यक्तित्व वरिष्ठ गायक तथा सङ्गीतकार शिब नारायण जोशीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । त्यस्तै बरिष्ठ कलाकार नबिन ढुंगेललाई साँस्कृतिक धरोहर सम्मान , बरिस्ट गायक सर्जक नबराज घोरासैनी र इन्दिरा गुरुङलाई दशकका गायक गायिका सम्मान, सरोज लामिछाने, सुनिता दुलाल, अमृत खाती र उद्धब घिमिरेलाई युवा प्रतिभा सम्मान द्वारा सम्मान गरिएको थियो। लोक पत्रकारिता तर्फ भोला थापा, अनलाईन पत्रकारिता तर्फ कृष्ण पहाडी र रेडियो पत्रकारिता तर्फ राजु बोहरालाई पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

उक्त अवार्ड कार्यक्रममा सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा.लिका अध्यक्ष माधब थापाले स्वागत मन्तव्य संगै आगामी दिनमा सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा.लिले नयाँ भाका छनोट सम्बन्धि एक नयाँ कार्यक्रम तय गरिसकेको समेत उद्घोष गरेका थिए । अवार्ड कार्यक्रममा नोमिनेशनमा पर्नेहरुको भोट डिस्प्लेमा देखाएर बढी भोट प्राप्त गर्ने कलाकारलाई अवार्ड प्रदान गरिएको थियो ।

दोस्रो राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड जित्न सफल बिजेताहरू;

१. सर्बोत्कृष्ट काँठे लोक दोहोरी सेलो गीत – बिस्व दोङ्ग
२. सर्बोत्कृष्ट काँठे लोक दोहोरी बाध्यबाधक ताल – सुर्य क्याप्छाकी मगर
३.सर्बोत्कृष्ट काँठे लोक दोहोरी बाध्यबाधक  सुर – शिब काफ्ले

४. सर्बोत्कृष्ट काँठे लोक दोहोरी लय  -मदन नेपालि (सुफिक्स)
५. सर्बोत्कृष्ट काँठे लोक दोहोरी एरेन्जर – नारायण दंगाल
६. सर्बोत्कृष्ट काँठे लोक दोहोरी निर्देशक – मिलन श्रेष्ठ
७. सर्बोत्कृष्ट काँठे लोक दोहोरी नृत्य  निर्देशक- शिशिर बुढाथोकी
८. सर्बोत्कृष्ट काँठे लोक दोहोरी पुर्बेली गित – राजेन्द्र भण्डारी

९. सर्बोत्कृष्ट काँठे लोक दोहोरी नव गायक पुरुष – दिपेन्द्र घले
१०. सर्बोत्कृष्ट काँठे लोक दोहोरी गायिका – प्रतिमा अर्याल
११.सर्बोत्कृष्ट काँठे लोक दोहोरी गायक  – प्रकाश कटुवाल
१२. सर्बोत्कृष्ट काँठे लोक दोहोरी शब्द – बालाचन्द्र घोरासैनी
१३. सर्बोत्कृष्ट काँठे लोक दोहोरी मोडल पुरुष – भुवन चौलागाई

१४.सर्बोत्कृष्ट काँठे लोक दोहोरी मोडल महिला  – आयुष्मा कार्कीं
१५. सर्बोत्कृष्ट काँठे लोक दोहोरी नव मोडल पुरुष -राजाराम कोइराला
१६. सर्बोत्कृष्ट काँठे लोक दोहोरी नव गायिका महिला – राधिका ढकाल
१७. सर्बोत्कृष्ट काँठे लोक दोहोरी भिडियो सम्पादक – मिन रावल
१८. सर्बोत्कृष्ट काँठे लोक दोहोरी छायाँकार – नबराज घिमिरे

१९. सर्बोत्कृष्ट काँठे लोक दोहोरी दोहोरी साँझ गायिका – शोभा कुँवर
२०. सर्बोत्कृष्ट काँठे लोक दोहोरी दोहोरी साँझ गायक – रामचन्द्र कोइराला
२१. सर्बोत्कृष्ट काँठे लोक दोहोरी लाइभ दोहोरी गायक – प्रसन्न पाठक
२२. सर्बोत्कृष्ट काँठे लोक दोहोरी लाइभ दोगोरी गायिका – मैया थापा मगर

२३. जुरी अवार्ड गायक- सानु के.सी
२४. पब्लिक चोइस अवार्ड – मनु थामी
२५. इन्करेजमेन्ट अवार्ड – आयुषा गौतम

तपाईको प्रतिक्रिया