काठमाण्डौ अशोज १४ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपवालिको शुभकामना सहित यस पर्बलाई मनाउनका लागी सबैलाई उमङ्ग पैदा होस् भन्ने उदेस्यले अहिले बजारमा दशैं तिहार संग सम्बन्धित थुप्रै गीतहरु सार्बजनिक भैरहेका छन् । यस भिडमा बिगत निकै लामो समय देखि सांगीतिक क्षेत्रको श्रीवृद्धिका निमित्त जुटेका लोकप्रिय गायक तथा सर्जक जी.एस थापाले पनि एक गीतलाई सार्बजनिक गरेका छन् । उनको पछिल्लो समय सार्बजनिक भएको गीत “दशैं तिहार” बोलको रहेको छ । प्रस्तुत गीत दशैं दुख मात्र होइन यसलाई सहि ढंगले मनाइयो भने उल्लासपूर्ण हुन्छ भन्ने किसिमको स्वादमा रहेको छ ।

भोजराज काफ्लेको लय द्वारा सजिएको गीतमा शब्द जी एस थापाको नै रहेको छ भने स्वर जी एस थापा, सन्तोष तामाङ्ग र अभिषेक न्यौपानेको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा जी एस थापा, अभिषेक न्युपाने, कुम्मराज, सुजन भुजेल र सुजन सापकोटाको अभिनय देख्न सकिन्छ । “दशैं तिहार” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन अजित अधिकारीले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन अभिषेक तामाङ्गले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई जी एस म्युजिक नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया