काठमाण्डौ अशोज १४ – काँठ क्षेत्रका गीतहरु जति मर्मस्पर्सी हुन्छ, त्यति नै नाँच्न सुहादो किसिमको पनि हुने गर्दछ । यसैमा छ उक्त गीतहरुको मौलिकता । यस्तै मौलिक पेरिफेरीमा रहेर भर्खरै मात्र राजकुमार खनालले एक गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत “परदेशीको कथा, अन्तिम भेट” बोलको रहेको छ । रामहरी भण्डारी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा बाध्यता र विवसताको कारण परदेशिनु परेको कथा समाबेश गरिएको छ । “परदेशीको कथा, अन्तिम भेट” बोलको गीतमा राजकुमार खनाल र सुशिला लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गीत सुफिक्स मदनको लय र राजकुमार खनालको शब्द द्वारा सजिएको छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा प्रदिप डंगोल र निरुता खनालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन अशोक कुमार सापकोटाले गरेका हुन् भने छायांकन नबिन तोलांगी र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । कलाकार राजकुमारले यस गीतलाई अशंख्य दर्शक तथा श्रोताहरुले मन पराइदिनु भएमा आगामी दिनहरुमा थप उत्कृष्ट गीत ल्याउने उर्जा प्राप्त हुने बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया