नेपालगन्ज : सौर्न्दर्य प्रतियोगिता ‘फेस अफ नेपालगन्ज सिजन ३’को उपाधि सुभम सलामी मगर र अलिशाले हात पारेका छन् ।

नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा शनिबार भएको ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै सुभम र अलिशा विजेत बन्न सफल भएका हुन् ।

विजेता बनेसंगै सुभम र अलिशाले नगद १६ हजार सहित अन्य आकर्षक पुरस्कार हात पारेका छन् ।

पिके इभेन्ट प्रालिको आयोजना सम्पन्न उक्त प्रतियोगिताको फर्स्ट रनरअपको उपाधि चाहिँ लक्ष्य बस्नेत र गरिमा भट्टराईले पाएका छन् भने पुर्णिमा जिसी र मोनिका टमाटाले सेकेन्ड रनरअपको उपाधि हार पार्न सफल भएका छन् ।

त्यस्तै, अर्गनाइजर च्वाइसको उपाधि कृतिका शाहले पाउँदा भिवर्स च्वाइसको उपाधि कृतिमा डंगोलले पाइन् ।

त्यसो त, फिनालेमा सहभागी १४ जनाले विभिन्न उपाधि समेत हात पारेका थिए। बेस्ट वाक अलिशा, बेस्ट फोटोजेनिक निश्चल थापामगर, बेस्ट पर्सनालोटी मोनिका टमाटा, मस्ट मल्टिमिडिया सुभम सलामी मगर, मस्ट कन्फिडेन्ट अलिशा, मस्ट ट्यालेन्ट गरिमा भट्टराई, मिस दिवा कृतिका शाह, मस्ट स्माइल कृतिमा डंगोल, बेस्ट स्टेज पर्फमेन्स पुर्णिमा जिसी, मस्ट डिसिपिलिन कोमल बिसी, मस्ट फ्रेन्ड्ली सलिना परियार, मस्ट कृयटिभ सरस्वती थापामगर, मस्ट विउटिफुल कृतिका शाह, मस्ट ह्यान्डसम लक्ष्य बस्नेत र मस्ट एथलेट प्रशंसा बिस्ट बन्न सफल भएका थिए।

निकै उत्साहप्रद तरिकाले सम्पन्न प्रतियोगिताको फाइनल निर्णायकमा कलाकार मुकुन भुसाल, पूर्व मिस नेपालगन्ज दिपिका श्रेष्ठ र मोडल अन्जान कुँवर रहेका थिए।

फाइनल प्रतियोगितामा नेपालगन्जमा मेयर प्रशान्त विष्ट लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। आफ्ना छोराछोरीलाई हौसला प्रदान गर्नको लागि प्रतिस्पर्धीका अभिभावकको समेत उल्लेखनीय सहभागीता रहेको थियो। फाइनल प्रतियोगिताको कार्यक्रम सन्चालन समिरमान श्रेष्ठले गरेका थिए।

विगत १ महिना अघि अडिसब भएको यस् प्रतियोगितामा २८ जना छानिएका थिए। छानिएका २८ जना मध्यबाट निर्णायक टिमले १४ जनालाई फाइनलमा छनोट गरेको थियो।

यस् तेस्रो सिजनको कोरियोग्राफर सेन्जल पौडेल हुन् । यस् भन्दा अगाडिका दुई सिजन भव्यताका साथ सम्पन्न गरिसकेको पिके इभेन्टका फाउन्डर प्रकाश कुँवर हुन् । नेपालगन्जमा छरिएर रहेका युवायुवतीको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले पिके इभेन्टले यस्ता खालका कार्यक्रम गरिराख्ने प्रकाश बताउँछन् ।

तपाईको प्रतिक्रिया