काठमाण्डौ कार्तिक २० – कोहि आशाले गए कोहि भरोसाले गए, जानलाई गए धेरै नेपाली देश छोडेर गए । पछिल्लो समय धेरै नेपालीहरु रहरले होस् या बाध्यताले दिनानुदिन पर्देशिरहेका छन् । त्यहाँ पुगेपछि आफ्नो घरपरिवार र देशको मायाँले पनि अत्याधिक सताउने गरेको प्रबासी नेपाली बताउँछन् ।

यस्तै स्थिति र भोगाईलाई केन्द्रित गर्दै हाल पर्चुगल रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओलीले भर्खरै एक गीत सार्बजनिक गरेका छन् । उक्त गीत “रातो पासपोर्ट” बोलको रहेको छ । सामाजिक यथार्थतालाई चित्रण गरिएको गीतलाई लय तथा शब्द जे.बि ले नै भरेका छन् । गीतमा स्वर जे.बि ओली र कमला खतिवडाको सुन्न सकिन्छ ।

निकै मर्मस्पर्सी “रातो पासपोर्ट” बोलको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र लोमस शर्माको फिचरिंग रहेको छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना “गुरुआमा” ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया