काठमाण्डौ कार्तिक २१ – नेपाली गीत संगीतमा आएको बिकृति र विसंगतिलाई पखाल्न राष्ट्रिय चेतनशिल कला संरक्षण नेपाल, गठन भएको छ । यसै संस्थाबाट आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा “हर्क साम्पाङ्ग जस्तो मेयर चाहिन्छ” बोलको गीत पनि सार्बजनिक भएको छ । राष्ट्रिय चेतनशिल कला संरक्षण नेपालले गीत संगीतमा आएको बिकृति र विसंगतिलाई पखाल्ने मात्र होइन समाजमा उल्लेखनीय काम गर्नेहरुलाई थप प्रोत्साहन पनि गर्ने गर्दछ । यसैको प्रतिफल पनि हो यो गीत “हर्क साम्पाङ्ग जस्तो मेयर चाहिन्छ”

प्रस्तुत गीतमा जिबन परिवेश, रामशरण आले, सन्तोष गिरी, सुरेन्द्रराज सिग्देल, बिष्णु रिमाल, सिता बारल, रिसु गर्तौला, पवित्रा खड्का, रमेशराज बराइली, रामशरण ढकाल, संदेश रिजाल, शम्भु नेपाल, तिर्थ बस्नेत लगायत कलाकारहरुको स्वर सुन्न सकिन्छ । गीतलाई लय रामजी थापा मगरले तयार पारेका हुन् भने शब्द शम्भु नेपाल र रामशरण आलेको रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा युबक कार्की, सुप्रभा थापा, सजिना सुनार लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । माथि उल्लेखित गीत जनप्रतिनिधिहरुको कानमा परेमा आफैमा पनि यस्तै उदारणीय काम गर्नको लागि उर्जा मिल्ने कुरा विश्वास गर्न सकिन्छ । गीतको भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । गीतलाई सन्तोष गिरी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया