काठमाडौं मंगसिर 02 , नेपाल । नेपाली गीतसंगीतमा बेला–बेलामा कर्णप्रिय गीतहरु सार्वजनिक हुने गरेका छन् । अझ, आफ्नै मौलिक संकृति र परम्परा बोकेका गीतसंगीतको खडेरी नै लागेको समयमा केही गीतले भने दर्शकको मन जित्छन् । यस्तै, एउटा गीत थियो ‘डाँडाघरे साइली’ । “डाँडाँघरे साइली” बोलको गीत ब्लकबस्टर हिट भएपछि यही टिमले नयाँ गीत “निरमाया ठूली” सार्वजनिक गरेको छ ।

स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको यो गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको संगीत छ । मौसम हिमालीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । यो गीतलाई पनि यसका मेकरले “डाँडाघरे साइली” जस्तै दर्शकको मन छुने तरिकाले बनाएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया