मंसिर ३, माङसेबुङ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुर्वेली लोक गीत ‘पुर्वै पान्थर’को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार किरण चेम्जोङको शव्द र गायक तथा संगीतकार एकान्त आङ्देम्बेको संगीतमा गायक अशोक मुकारुङको आवाजमा सजिएको पुर्वेली गीत ‘पुर्वै पान्थर’ शनिबार वसाँगु दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थर फाल्गुनन्द गाउँपालिकाको वसाङगु द्वितिया मेलामा छायांकन सम्पन्न गरिएको भिडियोमा युगल लिम्बू, सारश कुरुम्बाङले अभिनय गरेका छन् ।

निङवा नेम्बाङको कोरियोग्राफीमा इसाक जबेगुको छायांकन तथा सम्पादनमा अलिना नेम्बाङको श्रृङगार रहेको भिडियोमा शिखा आङ्देम्बे, कृसिका कुरुम्बाङ्, सपना कुरुम्बाङ्, संजु कुरुम्बाङ्, पुष्पा आङ्देम्बे र मुना आङ्देम्बेको समेत अभिनय रहेको छ ।

गीत पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया