काठमाण्डौ मंगसिर १५ – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका जोडी बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमले पुनः अर्को गीत “काफल चरीलाई” लिएर आएका छन् । उनीहरुको सहकार्यमा यस भन्दा अगाडी पनि थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् ।

बिशेष गरेर आफ्नै कला सांस्कृति र मौलिकतामा रमाउन रुचाउने श्रेष्ठ र गौतम, बिभिन्न प्रत्यक्ष दोहोरी कार्यक्रम तथा जात्रा मात्रामा देखिने गर्दछन् । त्यहि बाट पाएको प्रतिफल स्वरुपको यो उनीहरुको पछिल्लो प्रस्तुति हो ।

“काफल चरीलाई” बोलको गीतलाई लय सुफिक्स मदनले तयार पारेका हुन् भने शब्द बिन्दास भिम श्रेष्ठ र सावित्री श्रेष्ठको रहेको छ । गीतमा बिन्दास भिम श्रेष्ठ र सावित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । रोमान्चक तालमा तयार भएको गीत निकै मर्मस्पर्सी रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा बिन्दाश भिम श्रेष्ठ, सावित्री गौतम, हरि गोतामे र तुलसा माया आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन आर्यान श्रेष्ठले गरेका हुन् भने छायांकन रबिन्द्र परियार र सम्पादन जोन राईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया