काठमाण्डौ मंगसिर १६ – नेपाली लोक तथा गीत संगीतको क्षेत्रलाई थप अर्को इट्टा थप्न गायक तथा सर्जक सुरेन्द्र कार्कीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “लाइछ्यौ चुरा हातैमा झपक्कै” बोलको गीतलाई लिएर आएका छन् । निकै रोमान्चक सैलिमा रहेको तयार भएको गीतमा एक सुन्दर युवतीको बर्णन गरिएको छ । गीतलाई लय स्वयम् कार्कीले नै भरेका हुन् भने शब्द सर्वप्रिय सर्जक रमेश बि.जी ले भरेका छन् । बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको गीतमा रचना रिमाल र सुरेन्द्र कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ ।

सुरेन्द्र कार्की युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “लाइछ्यौ चुरा हातैमा झपक्कै” बोलको गीतको म्युजिक भिडियोमा दुनियाँले रुचाएका मोडल सुधिर श्रेष्ठ र उषा उप्रेतीको आकर्षक अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने निर्देशन प्रकाश भट्ट र सम्पादन उत्तम कुमार कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया