अन्तर्राष्ट्रिय नेपाली साहित्य बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माले उम्मेदवारी दिएका छन् । निर्वाचनमा संस्थाका १२० जना ट्रष्टीहरुले गोप्य मतदानद्धारा निर्वाचन गर्ने छन् । निर्वाचन यही डिसेम्बर १२ र १३ का दिन हुने छ ।

विश्वकर्माले उक्त संस्थाको कोलोराडो च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रस्टीको उपाध्यक्षमा रही संस्थाको उन्नयन, विकास र विस्तारमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् । उनका कविता संग्रह, कथा संग्रह, उपन्यास कृति प्रकाशित छन् र अन्य कृतिहरु प्रकाशोन्मुख छन् ।

विश्वकर्माले यस अवधिमा संस्थागत विकास गर्ने, सर्वोत्कृष्ट पुस्तक पुरस्कार विशेष व्यवस्थित गर्ने, अनेसासको केन्द्रीय कार्यालय स्थापना गर्ने र त्यसको रिण चुक्ता गर्ने, संस्थाको भिजन, मिसन, उद्धेश्य तथा विधान शिरोपर गरी संस्थाको संस्थागत विकासमा सुदृढ गर्ने, केन्द्रीय कार्यसमितिलाई आवश्यक सहयोग गर्ने, अनेसासलाई प्राज्ञिक संस्थाको रुपमा विकसित गर्ने, नेपाली साहित्यका उत्कृष्ट कृतिहरुलाई विदेशमा विश्वविद्यालयहरुमा पठन पाठनको लागि आवश्यक प्रयास गर्ने, नेपाली साहित्यका उत्कृष्ट कृतिहरु अनुवाद गर्ने र विभिन्न देशमा विदेशी साहित्यकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा विशेष पहल गर्ने, त्रिभुवन विश्वविद्यालयसंगको सहकार्यमा विदेशमा रहेर पनि अनलाइनमा नेपाली विषयमा उच्चतहको अध्ययन गर्न पाउने व्यवस्था गर्ने, विभिन्न स्थानमा नेपाली भाषाका पाठशाला सञ्चालन गर्न आवश्यक पहल गर्ने लगायतका कार्यहरु गर्ने वचनवद्धता प्रकट गरेका छन् ।

संस्थामा उनले पु¥याएका योगदान, समर्पण र सक्षमताका आधारमा बोर्ड अफ ट्रस्टीको आगामी कार्यकालको लागि अध्यक्षमा उनको विजयी हुने ट्रस्टीहरूले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया