अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा हराउँदै फूटबल विश्वकप जितेपछि खुशी मनाउने क्रममा कम्मरमाथिको लुगा खोलेर नांगिने एक महिलालाई कतार प्रहरीले कैदमा राख्ने सम्भावना रहेको बेलायती पत्रिका डेली मेलले खबर दिएको छ । पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले निर्णायक गोल गरेपछि लुसेल स्टेडियममा क्यामराहरू खुशियाली मनाइरहेका अर्जेन्टिनी प्रशंसकहरूतर्फ तेर्सिएका थिए । दर्शकदीर्घामा रहेकी एक महिलाले लुगा खोलेर माथिल्लो अंग देखाइदिएकी थिइन् ।

प्रतियोगिता शुरू हुनुअघि कतारले विभिन्न देशका समर्थकहरूलाई कतारको परम्परालाई सम्मान गर्न चेतावनी दिएको थियो । बाहिरबाट आएका समर्थकहरूलाई आफ्नो कम्मर र काँध ढाक्ने कपडा लगाउन भनिएको थियो । अनि स्कर्ट वा ट्राउजर पनि घुँडा ढाक्ने किसिमको हुनुपर्ने कतारी अधिकारीहरूले निर्देशन दिएका थिए । तर अर्जेन्टिनी समर्थकले खुशी मनाउने क्रममा ती सबै नियम बिर्सेर नांगिएपछि जेलको चिसो हावा खाने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया