काठमाण्डौ पौष ०७ – रातैमा जुनतारा, बरपीपल डिलको छेउ, हाँसखेल गरौँ, दहीको ठेकी, तिम्रो माया कस्तोमा कस्तो लगाएत थुप्रै काम गरिसकेका लोकप्रिय बरिष्ट गायक तथा सर्जक माधब खड्काको पछिल्लो प्रस्तुति “जोबन लिलाम भो” भर्खरै सार्बजनिक भएको छ । माधबको स्थायी घर दोलखा हो भने हाल जापानमा रहेका छन् ।
उनि केहि समय अगाडी नेपाल आएका थिए । नेपाल आएको समयमा तयार पारिएको यो गीतलाई लय उनले नै तयार पारेका हुन् भने शब्द बिनोद कार्कीको रहेको छ । नेपाल आउँदा मात्र होइन माधबले जापानमा रहेर पनि बिभिन्न गीत संगीतहरु रेकर्ड गर्ने गर्दछन् । तर पनि नेपाल जस्तो गीत रेकर्ड गर्न जापनमा सहज नहुने उनि बताउछन् ।
माधब खड्का कै प्रस्तुतिमा बजारमा आएको “जोबन लिलाम भो” बोलको गीतमा सुनिता बुढा क्षेत्री र माधब खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । अहिलेको पुस्ताले रुचाउने संगीत सयोजन तथा म्युजिक भिडियो स्तरमा सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा अत्यन्त लोकप्रिय मोडल द्वय मोडल बिमल अधिकारी र अन्जली अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ ।
माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन सृजन बराल ‘ऋषि”ले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतलाई जनता डिजिटल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।