काठमाडौं– भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेद दुबईमा समस्यामा परेकी छन् ।

पछिल्लो समय उर्फी पहिरनको कारण चर्चामा छिन्। अतरंगी पहिरनका कारण उनको चर्चासँगै ट्रोल पनि हुने गरेको छ। बोल्ड पहिरनका कारण दुबईमा उनी समस्यामा परेकी हुन् ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार दुबईको सार्वजनिक स्थलमा बोल्ड पहिरन लगाउँदै भिडिओ सुट गरेपछि उनलाई पक्राउ गरिएको हो ।

उनीसँग दुबईका पुलिसले सोधपुछ गरेका थिए । किनकी दुबईमा बोल्ड पहिरन लगाउँदै भिडिओ खिच्न अनुमति दिइँदैन ।

उनी दुबईमा आफ्ना इन्स्टाग्राम फ्यानका लागि भिडिओ खिच्न पुगेकी थिइन् ।

‘उनले बनाएको पहिरनमा इन्स्टाग्रामको लागि भिडिओ खिचेकी थिइन् । उनको पहिरनमा कुनै समस्या छैन तर उनले सार्वजनिक स्थलमा भिडिओ सुट गरिरहेकी थिइन् । उनलाई पुलिसले सोधपुछ गरेको छ, हेरौं के हुन्छ,’ स्रोतले भने ।

सन् २०१६ मा ‘बडे भैयाकी दुल्हन’ बाट डेब्यु गरेकी उर्फीले चन्द्र नन्दनी, मेरी दुर्गा, बेपनहा, जीजी माँ, ए रिस्ता क्या कहलाता हे, कसौटी जिन्दगीकी जस्ता टेलिशृंखलामा काम गरेकी छन् ।

तपाईको प्रतिक्रिया