काठमाण्डौ पौष ११ – लोकप्रिय गायक बिमल डाँगीले भर्खरै मात्र एक गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत “फापरको पिठो” बोलको रहेको छ । बिमलले यस गीतलाई केहि बर्ष अगाडी नै सार्बजनिक गरिसकेका थिए । अहिले उनले रिमिक भर्सनमा ल्याएका हुन् । कहिले पुरुष आवाजमा कहिले बाल आवाज र कहिले महिला आवाजमा उक्त गीत प्रस्तुत गरिरहँदा सबै स्वादका गीत संगीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले रुचाई इद्नु भएकोमा बिमल मख्ख छन् । सोहि प्रतिक्रियाले पनि उनले यस गीतलाई सम्पूर्ण कलाकारको स्वर मिश्रणमा ल्याएको बताएका छन् ।
प्रस्तुत गीतमा बिमल डाँगी शान्ति श्री परियार र सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वर सुन्न सकिन्छ । सर्वहारा बर्गको यथार्थ जिबनी भाव रहेको यस गीतलाई लय शब्द बिमलले नै भरेका छन् । गीतको म्युजिक भिडियोमा हिउवाला गौतम, जय देवकोटा, अशिम भण्डारी, पुरण थापा, धनराज थापा, दिनेश पोख्रेल, वर्षा कुँवर, रमेश विष्ट, बिमला तामाङ्ग र सुर्य ओलीको आकर्षक र मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रोजेल थापा, छायांकन नबराज उप्रेती र सम्पादन अनिल रानाले गरेका छन् । गीतलाई बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।