वीरेन्द्रकुमार साह
बिराटनगर । बिराटनगरका अधिकांश बिधालयले क्रिसमस डे को अवसर पारेर विभिन्न कार्यक्रमहरु संचालन गरेका छन् तर बिराटनगर स्थित हेरिटेज ईन्टरनेशनल स्कुलले फरक तरिकाले क्रिसमस डे मनाएको छ ।

स्कुलमा अध्यनरत बिधार्थिहरुको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले बिधालयले कथा बाचन प्रतियोगिताको आयोजना गरेर क्रिसमस मनाएको छ । उक्त कार्यक्रममा कक्षा -८ मा अध्यनरत बिद्यार्थी दिपसन खतिवडाले आफ्नो कथा शिर्षक फिलीन्गलाई गजब तरिकाले प्रस्तुत गरेकोमा कार्यक्रममा उपस्थित अभिभावक,शिक्षक, प्रधानाध्यापक तथा बिद्यार्थीहरुको मन जितेको छ ।

दिपसनले भाव (फिलिन्ग) शीर्षकमा आफ्नो कथा प्रस्तुत गरेका थिए। आफ्नो प्रस्तुति क्षमताले अभिभावक र शिक्षकको मन जितेका खतिवडा उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्। अन्य बिधार्थीको प्रस्तुति पनि लोभ लाग्दो थियो।

खतिवाडाले प्रस्तुत गरेको कथा सुन्न लागायक र मनन गर्न लायक रहेको हेरिटेज ईन्टरनेशनल स्कुलका शिक्षकहरुले बताए।

बिराटनगरमा स्थापना भएको हेरिटेज ईन्टरनेशनल स्कुलले स्थापनाको छोटो समयमा नै अभिभावकहरुको बिश्वाश जित्न सफल भएको कार्यक्रममा उपस्थित अभिभावकहरुले बताए। हाम्रो छोराछोरीको प्रतिभालाई यसरि बाहिर ल्याउनमा स्कुलले ठुलो भूमिका खेलेको उनीहरुले बताए।

तपाईको प्रतिक्रिया