काठमाण्डौ पौष १३ – लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै उत्कृष्ट गीत संगीत आउने क्रम जारी रहेको छ । सोहि क्रममा भर्खरै मात्र रिता लामा र सुशिला घिसिङ्गको संयुक्त प्रस्तुतिको रुपमा “ए निष्ठुरी” बोलको गीत पनि सार्बजनिक भएको छ । गीतमा आफुले अथाह माया गरेको मान्छेले माया गर्ने मुटुलाई नै सिससरी फुटाएको कथा समाबेश गरिएको छ ।

वियोगान्त सैलिमा तयार भएको यस गीतलाई लय राम स्याङ्गतानले भरेका हुन् भने शब्द सबैका प्रिय कलाकार शम्भु नेपालले भरेका छन् । सर्जक द्वय नुवाकोट जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्रलाई माथि उठाउनका निमित्त अवरात्र खटिरहने कलाकार हुन् ।

प्रस्तुत गीतमा उद्धब कार्की, पार्वती कार्की, रामकुमार नेपाली, राम मोहन कार्की, दिनेश श्रेष्ठ, रामकुमार खतिवडा, कोपिला तामाङ्ग र शर्मिला सुबेदीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै कर्णप्रिय स्वादबाट तयार भएको गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग “राज”, सिवानी कार्की, सागर स्याङ्गतान, र शुष्मा वाइबाको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया