काठमाण्डौ पौष १५ – आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ हाल प्रबाशमा रहेका लोकप्रिय सर्जक कृष्ण राई बिन्दासको शब्दमा पुनः एक गीत सार्बजनिक भएको छ । उक्त गीत “घर माथिको बन” बोलको रहेको छ । राईले यस अगी पनि थुप्रै गीत संगीतमा आफ्नो सिर्जना भरेर बजारमा पठाइसकेका छन् । गीतमा उनको शब्द तथा प्रकाश कटुवालको लय रहेको छ ।

निकै रोमान्चक स्वादमा तयार भएको यस गीतमा स्वर प्रकाश कटुवाल र मनु थामीको सुन्न सकिन्छ । गायक प्रकाश कटुवालले पनि नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन् । कृष्ण राई बिन्दास द्वारा लिखित यस गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, सरिता ढुंगाना “जुनकिरी” शारदा गिरी “काली बुढी” र मुकुन्द मैनाली “श्रीधर” साथै बाल कलाकार बिशाल गिरी, साइरा गिरी र प्रसंसा कटुवालको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालको रहेको छ । के एल दाईको प्रस्तुतिमा रहेको यस गीतलाई प्रकाश कटुवाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया