काठमाण्डौं ।
पछील्लो समयमा हेटौंडेली नब गायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “को भिडियो सार्बजनिक भएको छ । मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गितमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ । चोखो मायामा घात गरे पाप लाग्ने कुरा गितमा देखाउन खोजिएको छ । गीत संगीतमा लाग्ने चाहाना धेरै बर्ष अघिदेखी रहेपनी राजु सापकोटालाई भेटेपछी मात्र त्यो सपना पूरा भएकोमा गायिका स्वयम खुसी हुँदै सापकोटा प्रती आभारी छिन।राजु बिरही सापकोटाको शब्द÷संगीतमा रहेको उक्त गीतमा अभिनय पनि स्वयं सापकोटा र जुना कार्कीको रहेको छ भने भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन। सन्तोष चौलागाइले छायाकन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतलाई मिलन फिल्मस प्रालीबाट सार्बजनिक गारिएको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया