काठमाण्डौ पौष २९ – लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।

उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक अशिमको धारणा रहेको छ ।

सुन्दर दोलखामा लोकप्रिय सर्जक प्रदिप परियारको शब्द तथा गायक कटुवाल कै संगित रहेको छ । बिष्णु तामाङको एरेन्ज रहेको  सार्बजनिक गितमा कुमार सुनेल, जुना कार्कि, कबिता महत, दिप खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

गितको निर्देशक निरेन श्रेष्ठले गरेका छन् भने गीतको अडियो तथा भिडियोलाई Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया