काठमाडौँ, माघ ५ गते । गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ‘आयो है ल्होछार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार दोङकै शब्द र सङ्गीत, जोगलाल लामाको सङ्गीत संयोजन, अर्पण थिङको मिक्सिङ र विनोद लामाको छायाङ्कन रहेको छ। अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गर्नुभएको गीत डोल्मो घिसिङ तामाङले निर्माण गर्नुभएको हो।

भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रश्मिला तामाङ, बुद्धि तामाङको अभिनय रहेको छ। म्युजिक भिडियो घिसिङ तामाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया