युवा गीतकार राजेन्द्र प्रसाद कोइरालाको नयाँ गीत ‘म शब्द तिमि अर्थ ‘ सार्वजनिक भएको छ। लोकप्रिय गायक सुगम पोखरेलको सुमधुर स्वर र विकास चौधरीको संगीत रहेको गीतमा सन्जय हमालको एरेन्ज रहेको छ ।
मोडेल कमल सिंह र बिनु शाक्यको अभिनय रहेको गीतको भिडियोलाई गायक सुगम पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।भिडियोमा आभेश बज्राचार्यको सिनेमाटो ग्राफी र माधब बेलबासेको सम्पादन रहेको छ ।
लामो समयदेखि बिभिन्न कलेजहरुमा अध्यापन पेसामा रहेका विराटनगर निवासी गीतकार कोइरालाका बिभिन्न पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशित हुदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया