काठमाडौँ – पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल र गायिका अमृता रायमाझी ( रश्मि) को सुमधुर स्वरमा “घोप्टी” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक अशिमको धारणा रहेको छ ।

यस गीतमा सूर्यमणी आचार्यको लय रहेको छ भने शब्द देबेन्द्र लामिछानेको रहेको छ । “घोप्टी” बोलको गीतको म्युजिक भिडियोमा अभिनय जिम्बे राई र अप्सरा कार्कीको देख्न सकिन्छ । उक्त गितको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठ तथा सम्पादन कल्पेश विश्वकर्माले गरेका छन् । भिडियोको छायाँकन मरुभूमि नारायणले गरेका छन् । गीतको अडियोलाई संगीत संयोजन रामकृयण थापा तथा मिक्सिङ कुमार सानु पुनले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया