काठमाडौं । सामसङ्गले बहुप्रतिक्षित दाबी गरिएको सामसङ्ग ग्यालेक्सी एस२३ सिरिज मोबाइल नेपालमा ल्याएको छ ।

ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरु नेपाली बजारमा भित्र्याइएको हो ।

हालै राजधानीमा गरिएको कार्यक्रममा सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियँका रानी जोशीले संयुक्तरुपमा नयाँ फोनको बजार प्रवेश गर्नुभएको हो ।

यी स्मार्टफोन यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियन्स्का लागि डिजाइन गरिएका कम्पनीको दाबी छ ।

ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामरा जडान गरिएका र कुनै पनि लाइटिंगमा फोटो र भिडियो खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्ने जनाइएको छ ।

यसले फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउने बताइएको छ । अत्याधुनिक विशेषतायुक्त यी फोन करिब १ लाख २८ हजारदेखि २ लाख १० हजार रुपैयाँसम्मका छन् । प्री–अर्डर गर्नेलाई आकर्षक अफर रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया