हंग कंग । नेपालभाषाको सबैभन्दा ठूलो अनि लामो मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ ।

कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्म सबै क्षेत्र समेट्दै ३२ विधामा अवार्ड वितरण गरेको थियो । अवार्डको दोस्रो संस्करणमा रु. २५,०००/- सहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

त्यस्तै वरिष्ठ संगीतकार रत्न बेहोसी, कलाकार नगीना जोशी, कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्यूमत, जुगल डंगोलल, निर्देशक तथा कलाकार रामकृष्ण खड्गी लगायतका कलाकारहरुलाई संसार सप्तरंगी कला सम्मानबाट सम्मानित गरियो ।

यसै संस्करण देखि थप गरिएको संसार तेज स्मारक कला सम्मानबाट पाँच जना श्रष्टाहरु सम्मानित भएका थिए जुन अवार्ड स्वतन्त्र संसार महर्जनका बुबा स्व. तेज बहादुर महर्जनको स्मृतिमा स्थापित सम्मान हो । वरिष्ठ सिने पत्रकार श्याम स्मृत, वरिष्ठ निर्देशक पवन जोशी, संगीतकार मनराजा नकःमि, गायिका निशा देसार र संचार गृह लहना मिडियालाई संसार तेज स्मारक कला सम्मान प्रदान गरिएको थियो ।

यस्तै यास पालि देखि भने प्रवासी कलाकार विधा लाई पनि समाबेस गरिएको छ । सोहि अनुरुप यस संस्करणमा हंग कंग बाट समाबेश भएको कृष्ण भक्त महर्जन सर्बोत्सृष्ट संगीतकार प्रवाशी कलाकार विधा जितेका छन् त्यस्तै हंग कंग बाटै सर्बोत्सृष्ट गायक प्रवाशी कलाकार-प्रोत्सहान विधा महेश शिल्पकारले र सर्बोत्सृष्ट गायक प्रवाशी कलाकार विधा जितेका छन् । त्यस्तै अष्ट्रेलिया बाट सहभागी भएर राजु मानन्धर ले सर्बोत्सृष्ट गीत रचानाकार प्रवाशी कलाकार विधा जितेका छन् ।

संसार फाउन्डेसन नेपाल नामको नयाँ संस्था संचालन गर्ने भएको छ र सोही समारोह विच संसार ग्रुपका संस्थापक एवम् क्रियटिभ डाक्टर स्वतन्त्र संसार महर्जनले केही समय अगाडि आफू संलग्न एक कोरियन विध्यार्थीहरुले तयार पारेको वृत्तचित्र निर्माणको क्रममा आफू पनि सहभागी जनाई त्यस प्रोजेक्टबाट पारिश्रमिक स्वरुप पाएको $ १२५० डलर बाट आफुलाई केही अंश बाँकी राखी नेपाली रु. १,११,१११/- (१ लाख ११ हजार १ सय ११ रुपैयाँ) संस्था सन्चालनमा ल्याउन लागेको पहिलो सामाजिक पक्ष यानिकी नेवा: कलाकार कल्याणकारी कोषमा जम्मा गर्ने गरि संसार ग्रुपका संस्थापक तथा कोषाध्यक्ष प्रेमहा संसार महर्जन लाई कार्यक्रमका विशेष अतिथि प्रकाश सायमीको हात बाट चेक हस्तान्तरण पनि गरिएको थियो र स्वतन्त्र संसार महर्जनले अन्य मनकारी महानुभाव हरुलाई पनि हातेमालो गर्नुहुन विशेष अनुरोध पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया