काठमाण्डौ फाल्गुन ०९ – हाल प्रबासमा रहेका उमाकान्त लम्साल सदैब मौलिक संस्कृतिको चिन्तनमा हुने गर्दछन् । नेपाली मौलिक लोक तथा दोहोरी गीतमा पाश्चातीय संस्कृतिको हाबी भएको भन्दै उनले आफ्नै लय शब्द र प्रस्तुतिमा भर्खरै मात्र लोक दोहोरी गीत “पागल सरि डुल्ने” बोलको गीतलाई सार्बजनिक गरेका छन् । प्रस्तुति गीतमा बिलन थापा र इन्दिरा गैह्रेको सुमधुर स्वर सुन्न सकिन्छ ।
उमाकान्तले यस गीतलाई अन्जानमा जोडिएको प्रेम फक्रिने समयमा टाढिएको वियोगान्त कथालाई समेटेर सार्बजनिक गरेका हुन् । यस गीतको म्युजिक भिडियोमा जोन बम र दिपिका थापाको मर्म्सपसी अभिनय देख्न सकिन्छ । एकअर्कामा दोषारोपण गरिएको गीतलाई स्थाइ रेकडिक्ङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । “पागल सरि डुल्ने” बोलको गीतलाई निर्देशन बिलन थापाले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।