काठमाडौं। चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एन आर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवारमा अर्जुन खड्कालाई चयन गरिएको छ।
अनेरास्ववियुका खुल्ला लेखा आयोग केन्द्रिय सदस्य रहेका खड्का यस अघि सोहि क्याम्पस कमिटीको अध्यक्ष रहेका थिए। लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहेका खड्काले एन आर क्याम्पसमा शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि आवाज उठाउदै आएका छन्।
एन आर क्याम्पसको गरिमा बढाउदै उन्नत र व्यवस्थित शैक्षिक संस्थाका रुपमा विकास गर्न तथा विद्यार्थीहरुको समग्र हितका लागि आफ्नो उम्मेद्वारी रहेको बताउदै खड्काले सहयोगका लागि सबैलाई अनुरोध गरेका छन्।
एन आर क्याम्पसका १६ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन्।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन। प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।










