काठमान्डौ फाल्गुन २८ – लोक दोहोरी पारखी मन्हारुका लागी लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसै भिडमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा गायन होस् अथवा सृजनाको विधाबाट आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत श्रीजन पण्डित र उद्धब नेपालको संयुक्त प्रस्तुति “पातली नक्कले” भर्खरै सार्बजनिक भएको छ ।

श्रीजन र उद्धबले पनि यस क्षेत्रमा आफ्नो उच्च पहिचान बनाइसकेका छन् । गीत संगीतको कुनै पनि विधामा पछिल्लो समय व्यवसयिकता खडेरी लागेको छ । तर माथि उल्लेखित कलाकारहरुले भने हातेमालो गर्दै सबैलाई सहज र लोक तथा दोहोरी गीत संगीत क्षेत्रको सम्बृद्धिका लागी आफ्नो महत्वपुर्ण भुमिका निर्बाह गरिरहेका छन् । फलस्वरूप उनीहरुको यो पछिल्लो सांगीतिक प्रस्तुति हो ।

गीतमा नुवाकोट जिल्लाको सान अर्का लोकप्रिय कलाकार संगम थापा र सुमित्रा भट्टराईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय संगम थापाले तयार पारेका हुन् भने शब्द संगम थापा र लक्ष्मी अधिकारीको रहेको छ । जवानी फक्रिए पछिको आवस्यकता लाई मध्यनजर गर्दै तयार पारिएको यस गीतको म्युजिक भिडियोमा लभ तिमल्सिना, करिश्मा कुँवर, उद्धब नेपाल, राजकुमार लामिछाने, शिब मिश्र र अमृत पण्डितको आकर्षक अभिनय देख्न सकिन्छ ।

“पातली नक्कले” बोलको गीतको म्युजिक भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् भने निर्देशन अशोक कुमार सापकोटा र सम्पादन रोशन धिताल ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया