काठमाडौँ। बलिउडकी अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । मौनीका कतिपय फ्यानले उनी बिहेपछि निकै हट बनेको पनि बताउने गरेका छन् ।

धेरै पटक यी अभिनेत्रीले इन्टरनेटको तापक्रम बढाएकी छिन् । अब उनले खिचेका केहि तस्बिरहरुले बोल्डनेसको सिमा पार गरेका छन् । मौनी रोयको आकर्षक लुकले फ्यानलाई सधैं प्रभावित पार्छ। नयाँ तस्विरहरूमा, मौनी रोयले प्रिन्टेड बिकिनी लगाएका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

सुन्दरी मौनीले समुन्द्री किनारमा रमाइलो गर्दै मोनीले बिकिनी पोज दिएकी छिन्। मौनीले सनग्लास र हावामा उड्ने खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन्। मौनीको यो फोटोशूट देखेर धेरैको श्वास बढ्न सक्छ । मौनीलाई यो पहिरनमा राम्रो देखिएको छ ।

क्लचसँगै मिल्दोजुल्दो स्यान्डलले मौनीको सम्पूर्ण लुकलाई निखारिरहेको छ । कमेन्ट सेक्शनमा हेरेर नायिकाको फ्यान फलोइङको पनि अनुमान गर्नुहुनेछ । यो तस्विर मौनीले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट सेयर गरेकी छिन् । कतिपयले कमेन्टमा भनेका छन् मौनी रोयको यो लुक उनका फ्यानहरुको दिन उज्यालो बनाउन पर्याप्त छ ।

तपाईको प्रतिक्रिया