काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यश पाःलामको भिडियो सार्वजनिक भएको हो ।

बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्बुङ, संचारिका समुहकी अध्यक्ष तथा कवि बिमला तुम्खेवा, पाँथर समाजका अध्यक्ष होमकुमार लावतीको उपस्थिति रहेको थियो । यस्तै अतिथिहरू खड्ग न्यौपाने, टंक श्रेष्ठ, सरिता राई, क्या.टंक जबेगु, कल्पना योङहाङ, गायक/संगीतकार ब्रबिम सेर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मुन्धुमवीद तथा कलाकार यासेली योङहाङले लिम्बू पाःलाममा अंग्रेजी मिसिन थालेको गुनासो राखे । स्वागतकै क्रममा उनले हरेक वस्तुको अस्तित्व हुने बताउँदै यतिबेला १ नम्बर प्रदेशमा आयातित पाइलाले कुल्चिएको बताए । अहिले बिद्रोहको आवाज बुलन्द भएको बेला यो पाःलाम सोही बिद्रोहको एउटा रुप भएको बताए । उनले कलाकारहरू राष्ट्रको गहना नभएर देशको अभिन्न अङ्ग भएको पनि बताए ।

कार्यक्रम प्रस्तोताको प्रश्नको उत्तर दिने क्रममा भिडियोका कलाकार चन्द्रकुवेरले यसअघि पनि धान नाच्दै आएको हुँदा काम गर्न सहजै भएको बताए । आफैलाई भिडियोमा देख्दा भने अलिक असहज भएको बताए । उनले एउटा ख्याली पनि भनेर सुनाएका थिए । अर्का कलाकार कमला सेन्दाङले गीतकार कल्पना आङबुङको आग्रहमा यश भिडियो खेल्न पुगेको र यो आफ्नो लागि राम्रो अवसर भएको बताइन् ।

यसै गरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका अतिथि कियाचुका उपाध्यक्ष गोविन्द आम्बुङले यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । अहिले मौलिक पाःलाम र धाननाचहरू हराउदै गएको जस्तो देखिएकोले यसको संरक्षण हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अर्का अतिथि कवि बिमला तुम्खेवाले लिम्बू जाती भाषा, संस्कार संकृतिको हिसाबले सम्पन्न भएको बताइन् । पछिल्लो समयमा लिम्बू जाती अहिले पनि संसारै भरी सम्पन्न जातीमा पर्ने बताइन् । हामीले आफ्नो परम्परागत पोषाकदेखि सबै कुराले गहिरो प्रभाव छोडेको बताइन् ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठूले राईले गीतकार आङ्बुहाङलाई बधाई दिएका थिए । उनी देशभन्दा धेरै टाढा रहे पनि नेपालको माटो र हावापानीलाई आफूसँगै राखेको बताए । यश पाःलामको शब्द नबुझे पनि भिडियोले धेरै गहिरो विषय बोकेको देख्न सकिने बताए । यस्ता किसिमका संस्कारहरू पुस्तान्तरण हुँदै जानुपर्ने र यसमा व्यापकता आउनुपर्ने उनले बताए । राईले सुमन र निरन्ताको आवाजको स्वरमा मीठो कम्पन भएको साथै आवाजले मुटुमा प्रहार गर्ने भन्दै प्रशंसा पनि गरे ।

यस्तै, कार्यक्रममा उपस्तिथितहरूलाई धन्यवाद दिँदै निर्देशक हाङ चेम्जोङले चन्द्रकुवेर, कमला लगायतसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी भएको बताए ।

कार्यक्रममा कलाकारहरू चन्द्रकुवेर खापुङ र कमला सेन्दाङ लगायत सम्पूर्ण कलाकारहरूलाई प्रसंसा–पत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कल्पना आङ्बुहाङको शब्द रहेको यश पाःलामको लय संकलन देश थलङ लिम्बु र मिक्सिङ् राजु कार्कीको रहेको छ । ख्यालीमा भने मुन्धुमवीद यासेली योङहाङको शब्द लेखन रहेको छ । पाःलाममा चर्चित पाःलाम गायक सुमन लिम्बू र निरन्ता नेम्बाङले स्वर दिएका छन् । कोरस गायनमा गंगा फियाक र दिवस नेम्बाङले साथ दिएका छन् ।

पाःलामको भिडियो छायांकन इसाक जबेगूले गरेका हुन् । यसमा एसएसपी चन्द्रकुबेर खापुङ, कमला सेन्दाङ, यासेली योङहाङ, लक्ष्मी योङहाङ, शनी लिम्बु,नरेश वनेम, मनु थक्लुङ, पूर्ण लिम्बु, बसन्ता सम्बाहाम्फे, बिनु लक्सम, पर्शु थलङ, टेकेन्द्र चेम्जोङ, राजु चेम्जोङ लगायतको अभिनय छ ।

पाःलामको भिडियो कल्पना आङ्बुहाङको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया