काठमाडौँ । अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको छ । केक अनुसार भन्ने हो भने उनी २५ वर्ष पूरा भएर २६ लागेकी छिन् ।

त्यसो त केकको आधारमा उनको उमेर भने भन्न मिल्दैन किनभने उनले वि.सं २०७५ साल चैत्रमा फिल्म ‘दाल भात तरकारी’ को टिमसँग २२ औँ जन्मदिन मनाएकी थिइन् । सोही कुरो आधार मान्ने हो भने पनि उनले अहिले २६ औँ जन्मदिन मनाउनुपर्ने हो ।

त्यस्तै उनले अहिले २८ औँ जन्मदिन मनाउनुपर्ने हो । किनभने विकिपेडियाको मितिले त्यो देखाउँछ । तर उनले परिवार र आफन्तसँग भने २५ औँ जन्मदिनको केक काटेकी छन् । नेपाली फिल्मका नायिकाहरू आफ्नो उमेर लुकाउन माहिर मानिन्छन् । उनले त्यसैले उनले २५औँ जन्मदिनको केका काट्नु कुनै नौलो भने होइन ।

‘नाई नभन्नु ल ४’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी आँचल पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनी अभिनीत फिल्म फिल्म झिँगे दाउ’ कहीँ पहिले रिलिज भएको थियो ।

उनी अभिनीत पछिल्लो फिल्म ‘नाई नभन्नु ल ६’ आगामी वैशाखको १ गतेबाट रिलिज हुँदैछ । फिल्ममा मात्र होइन, आँचल म्युजिक भिडियोमा पनि बाक्लै देखिने गरेकी छन् ।

तपाईको प्रतिक्रिया