काठमाडौं । काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्याउने खाद्य हो । त्यसैले काजुलाई ड्राइ फ्रुटको राजा मानिन्छ । यो थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ ।

काजुमा एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट पाइ्रन्छ । त्यस्ते १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ ।

एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

यी हुन् नियमित काजु खानुका फाइदाः
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।

– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

– नियमित काजु खानाले यौन क्षमतामा वृद्धि हुन्छ ।

– हड्डी मजबुत गराउँछ ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

– अनुहारको छालामा चमक ल्याउँछ ।

– कुनै साइड इफेक्ट गर्दैन ।

– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।

– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।

– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।

– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।

– कोलेस्टेरोल घटाउन सहयोग पुर्‍याउँछ ।

– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।

– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।

– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया