विराटनगर ।
पुर्वेली लोक भाकामा आधारित गीत ’तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक भएको छ । लोक गायक कृष्णभक्त राई र गायिका नुमा लङ्दिेन लिम्बु स्वरमा रहेको ख्याली गीत बजारमा आएको हो ।

पेसल माबुहाङ्को शब्द तथा सन्जय तुम्बाहाङ्फेको संगीत, कृष्णभक्त राई संगीत र संयोजनमा गीत तयार गरिएको छ । इसाक जबेगुको छायाँकन , नमि बाबु तामाङको नृत्य निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा एलसि राई , बमिला खजुम, नुमा लङ्दिेन , कृष्णभक्त राई,प्रेम लिङ्देन , सबिता राई , सृजना तावा लिम्बु ,सपना मेन्याङ्बो लिम्बु ,स्वस्तिका तुम्सा ,सानु इधिङ्गो लिम्बु ,कैलाश गुरुङ ,टेकेन्द्र चेम्जोङ ,नरेश वनेम , प्रकाश लिम्बु लगायतको अभिनय देख्न सकिन्छ ।

गीतमा च्याब्रुङ नृत्यलाई समेत समावेश गरिएको छ । बिबेक बेघा ,छयम चेम्जोङ्,रिता जबेगु, शुक्र बेघा, प्रमिला तुम्बाहाङ्फे लगायतको नृत्य देख्न सकिन्छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया