बाँके- प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले जितेको छ। शनिबार भएको फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौँलाई २-० ले पराजित गर्दै क्यामरुनले उपाधि उचालेको हो। क्यामरुनका लागि रिचर्ड विल्सन र मोसेस टुमले १/१ गोल गरेका थिए।

च्याम्पियन क्यामरुनले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको ब्वाइज युनियनले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ।

तपाईको प्रतिक्रिया