काठमाडौं । ट्रायल पास भएर वा नविकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सम्पूर्ण ब्यक्तिले आफ्नो लाइसेन्स प्रिन्ट भए वा नभएको मोवाइल फोनबाटै थाहा पाउने भएका छन् ।

यातायात ब्यवस्था विभागले मोवाइलको म्यासेजबाट नै उक्त जानकारी लिन पाउने ब्यवस्था मिलाएको छ । त्यसका लागि LC स्पेश एप्लिकेन्ट आइडी टाइपगरी ३१००३ मा पठाउनु पर्नेछ । त्यसपछि तपाईको लाइसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउने छ ।
साथै, विभागले सवारी चालक अनुमति पत्रको लिखित परिक्षा दिएर बसेकाको लागि त्यसको नतिजा थाहा पाउने ब्यवस्था समेत मोवाइल म्यासेजबाटै गरेको छ ।

त्यसका लागि लिखित परीक्षा दिएका व्यक्तिले WT स्पेश एप्लीकेन्ट आइडी टाइपगरी ३१००३ मा एसएमएस गर्नु पर्नेछ । एसएमएस पठाउना साथ उत्तीर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित ब्यक्तिले पाउने छन् ।

तपाईको प्रतिक्रिया