काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ ।

गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । लखनउका कप्तान लोकेश राहुलले सर्वाधिक ३५ रन तथा क्रुनाल पान्ड्याले ३४ रन बनाए ।

हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।

हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ३५ रन बनाएका थिए । अनोमलप्रित सिंह ३१ रनमा आउट भए । अब्दुल सामद २१ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । लखनउका क्रुनाल पान्ड्याले ३ विकेट लिए । अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्रोईले एक/एक विकेट लिए ।

लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो । तर दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्ससँग १२ रनले पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया