मुम्बई । बलिउड र्‍यापर बादशाहको नयाँ एल्बम ‘सनक’लाई लिएर सन्त, महन्त र महाकाल मन्दिरका पुजारीहरुले आपत्ति जनाएका छन् । बादशाहले आफ्नो एक गीतमा भगवान भोलेनाथको नाम लिँदै केही अश्लील शब्दको प्रयोग गरेका छन् ।

महाकाल मन्दिरका पुजारीहरुसँगै सन्त र महन्तले भगवान शिवको नाम लिएर भजन बनाउन आग्रह गर्दै आफूलाई प्रसिद्ध बनाउन भगवानको नाम गलत रुपमा प्रयोग नगर्न चेतावनी दिएका छन् ।

अखण्ड हिन्दु सेनाका संस्थापक एवं महामण्डलेश्वर आचार्य शेखरले गीतमा आपत्ति जनाउँदै भगवानलाई बादशाहले सम्मान नगरेकाले आफूले विरोध गरेको बताएका छन् । त्यस्तै परमहंस अवधेशपुरी महाराजले गीतमा कैयौं आपत्तिजनक शब्द रहेको भन्दै विरोध गरेका छन् ।

‘यदि भगवानको नाम लिएर यस किसिमको घटिया प्रयोग हुन्छ भने यसलाई हामी सनातन संस्कृतिको मजाक मान्छन् । जुन हाम्रा लागि सहनशिल हुँदैन’, उनले भनेका छन् ।

महाकालेश्वर मन्दिरका पुजारी पण्डित महेश गुरुले भगवान भोलेनाथ कसैको उपयोगको वस्तु नरहेकाले उनको नाम सही र गलत कुनै पनि तरिकाले प्रयोग गरेर आफू प्रसिद्ध हुन्छु भन्ने गलत रहेको बताए ।

बादशाहको गीतको अन्तरमा ‘ज्ञान बाँट्ता फिरुँ’ छ । त्यसपछि अश्लील शब्दको प्रयोग गर्दै ‘हिट पर हिट में मारता फिरुँ, तीन–तीन रात में लगातार जागता, भोलेनाथ के साथ मेरी बनती है’ प्रयोग पछि सन्तहरु बादशाहसँग रुष्ट छन् ।

तपाईको प्रतिक्रिया