काठमाण्डौ बैशाख ७ – आफ्नै कला संस्कृति र मौलिक रितिरिवाजलाई शिरोपर गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अगाडी बढिरहेका कलाकार द्वय रामशरण ढकाल र शम्भु नेपालको संयुक्त प्रस्तुति लोक दोहोरी गीत “औंठी तोला” सार्बजनिक भएको छ । उनीहरु द्वयको सहकार्यमा यस भन्दा पहिले पनि केहि गीतहरु सार्बजनिक भैसकेका छन् । जुन गीतहरुको सफलताको परिणाम स्वरुप यस गीतलाई नजरमा ल्याउन सफल भएका हुन् । गीतलाई एउटी युवतीको सुन्दरमा दुनियाँको नजर घुमेको कथावस्तु समाबेश गरिएको छ ।

गीतमा रामकुमार नेपाली, रामशरण ढकाल र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । रामजी थापा मगरको मन लोभ्याउने लय र शम्भु नेपालको शब्द द्वारा सजिएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, अनु पराजुली र दिपेश ढकालको आकर्षक म्युजिक भिडियो अभिनय देख्न सकिन्छ । अमोन राना द्वारा निर्देशित भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । “औंठी तोला” बोलको गीतको म्युजिक भिडियोलाई राम स्याङ्गतान युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया