काठमाडौं बैशाख १४ । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका देबि घर्ती मगरको स्वर रहेको छ भने शब्द र कथा विमला हुँमागाई (बोध श्री) को रहेको छ ।

डि.आर. सुजनको परिकल्पना र निर्देशनमा निर्माण गरिएको भिडियोमा बोध श्री, रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदान मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खाली आदीको अभिनय देख्न पाईन्छ । करण चैशिरको छायांकन रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन् । सो गीतको भिडियोलाई बोध अनलाईन टि.भी. नामक युटुब च्यानबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया