काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत “सोल्टी सोल्टीनी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा दिनेश क्षेत्रीको शब्द, संगीत रहेको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज र मिक्सिङ्ग डोलराज बारघरे मगरले गरेका हुन् भने रेकर्डिङ खुमन राना र सुमन रानाले गरेका छन् । राजु खड्को निर्माण रहेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल तथा हास्य कलाकार सागर लम्साल (बले) र पछिल्लो समय की चर्चित मोडल अनु पराजुलीले अभिनय गरेका छन् ।

गीतको भिडियोमा पुनम श्रेष्ठको निर्देशन रहेको छ । जसमा करण चैशिरले छायांकन गरेका छन भने भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका हुन् । यस गीतलाई माया पार्देको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया