काठमाण्डौ बैशाख १६ – स्थायी घर नुवाकोट भएका र हाल प्रबासमा रहेका लोकप्रिय कलाकार दिनेश श्रेष्ठको लय शब्दमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत निरु कार्कीको प्रस्तुतिमा “ओले ओले” बोलको रहेको छ । गायक तथा सर्जक दिनेश, नेपाल हुँदा पनि आफ्नो सांगीतिक यात्रालाई उही जोस जाँगरका साथमा अगाडी बढाउदै आएका थिए ।

उनि अहिले रोजगारीको शिलसिलामा प्रबासमा रहेका छन् । बिरानो देशमा पुग्दा पनि दिनेशले आफ्नै कला संस्कृति र मौलिकतालाई कहिले भुल्न सकेनन् । फलस्वरूप यस गीत भन्दा पहिले पनि उनले थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । अहिले दिनेशले निरु कार्की संगको सहकार्यमा “ओले ओले” ल्याएका हुन् ।

दिनेश श्रेष्ठ र निरु कार्कीको सुमधुर स्वरमा रहेको माथि उल्लेखित गीतको म्युजिक भिडियोमा लोमस शर्मा र आयुष्मा कार्कीको आकार्शक म्युजिक भिडियो अभिनय देख्न सकिन्छ । गीतलाई नारायण दङ्गालले संगीत संयोजन गरेका हुन् । प्रस्तुत गीतमा अमृत खाती, बर्षा चाम्लिङ्ग, मनु थामी र सागर बाजुरालीको पनि स्वर मिश्रण रहेको छ ।

स्टुडियो मालाश्रीमा रेकर्ड भएको यस गीतलाई दिनेश श्रेष्ठ नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गायक तथा सर्जक दिनेशले यस भन्दा पहिलेका गीत संगीतलाई जसरी मन पराईदिनु भयो उसै गरेर नै यस गीतलाई पनि आशिर्बाद प्रदान गरिदिनुहुन सबैमा अनुरोध गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया