काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालले बुधबार लगनगाँठो कसेकी छन् ।
रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गरेकी हुन् । भिक्टर र रियाशाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
भिक्टर र रियाशाको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। रियाशाले बुधबार नै विवाहको पहिरनमा सजिएको तस्बीर सामाजिक सञ्जाल फेसबुक मार्फत सर्वजनिक गरेकी छन् । रियाशाले तस्बीर सर्वजनिक गर्दै ‘सधैं-सधैं, म तिमीलाई रोज्छु’ भनेर लेखेकी छन् ।
युट्युबमा प्रसारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी रियाशा पछिल्लो समय ‘गाह्रो छ हो’ सिरिज र म्युजिक भिडियोमा ब्यस्त भएकी छन् ।