काठमाडौँ :

बुधबार विवाह बन्धनमा बाँधिएकी मोडल रियाशा दाहाल र भिक्टर पौडेलको भन्दा बढि चर्चा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको भयो। गतवर्ष वर्षा वर्षा र संजोगबीचको सम्बन्ध टुट्न लागेको खबर बाहिरिएको थियो । वर्षाले आफ्नो इन्स्टामार्फत संजोगको सबै तस्विर हटाएपछि उनीहरुको सम्बन्धमा दरार र डिभोर्स हुन लागेको हल्ला चलेको थियो । हल्लाले बिथोलिएको उनीहरुको सम्बन्धलाई संकटमा परेको अनुमान गरियो ।

केहि युटुब च्यानलमार्फत आफ्नो सम्बन्ध ठिकठाक रहेको दावी गर्दै आएकी वर्षाले यसै साता इन्स्टाग्राम अकाउन्टमार्फत ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकें, जसले इमान्दारिताको कुरा बुझ्दैनन्’ भनेर लेखेकी थिइन् । उनले सम्झौता धेरै भयो भन्दै सम्झौता शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ? भनेर प्रश्न समेत उठाएकी थिइन् ।

उनको यो कुरालाई उनका फ्यानहरुले निकै गंभिरताका लिएका थिए । बुधबार मोडल रियाशा दाहालको विहेमा वर्षा र संजोग ककसाथ उपस्थित भएर केहि तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि फेरि एकपटक चर्चामा आएका छन्। उनीहरु रियाशाको विहेमा पुगेकै कारण भने चर्चाको विषय होइन। उनीहरुले खिचेर लेखेको तिमी र म अर्काको बिहेमा’ भन्ने भाव लेखेपछि थप चर्चामा आएका हुन्। यो जोडीको उपस्थितिले रियाशाको भन्दा बढि चर्चा वर्षा र संजोगको भएको थियो।

तपाईको प्रतिक्रिया