काठमाण्डौ बैशाख २३ – नेपाली गीत संगीतको बजारमा दिनप्रतिदिन फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसभित्र कुनै मर्मस्पर्सी पर्छन् भने कुनै रोमान्चक धारका छन् । यसै भित्र भर्खरै मात्र ऋषि कंडेलको प्रस्तुतिमा लोकदोहोरी गीत “किन आको छेउ” बोलको गीत पानि सार्बजनिक भएको छ । प्रस्तुत गीत रोमान्चक सैलिमा तयार पारिएको छ । उक्त गीत सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य दर्शकहरुले नजर लगाइसकेका छन् ।

गीतमा कुलेन्द्र विस्वकर्मा र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । “किन आको छेउ” बोलको गीतलाई लय दिपेन्द्र खत्रीले भरेका हुन् भने शब्द पवित्रा नेउपानेको रहेको छ । पवित्रा नेउपाने युट्युब च्यानल मार्फत सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोलाई अडियोको मिठासता जस्तै उत्कृष्टता दिने प्रयास गरिएको छ ।

भिडियोमा बिक्रम चौहान, अर्जुन सापकोटा, उषा उप्रेती, मेघा र बर्षको आकर्षक अभिनय देख्न सकिन्छ । बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने सम्पादन मिलन विस्वकर्माको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया