सनिबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा प्रथम एतिहासिक मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न भएको छ । मगराँत संघर्स समितिका संयोजक राम मगरको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सभापति राम मगरले कार्यक्रमको बारेमा प्रष्ट्याउने क्रममा आज एतिहासिक दिन र स्वभाविक रुपले परिस्थिती अनुसार जैले पनि मुलुकको निम्ती मगरहरु उठेको र परिस्थिति फेरी त्यस्तै भएको अवस्थामा मगर हरु फेरी पनि उठ्नु भन्दा अरु विकल्प नरहेको भन्दै मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन गरीएको जानकारी दिए ।
साथै नेपालको अहिलेको यो दयनिय हाल र २०७२ सालको संविधानले पनि बास्तबमै नेपालि जनताको भावनालाई समेट्न नसकेको कुरामा दुःख पोखे । नयाँ नेपाल जन्माउँदा सबैभन्दा ठूलो बलिदान र निर्मम पिडा मगरहरुले भोगेको र मगराँत भन्ने एतिहासिक माटोको जगमै टेकेर नयाँ नेपालको जन्म भएको पनि जानकारी गराए । तर अहिले यो १० बर्षे जनयुद्द, सात सालको क्रान्ति, २०४६ सालको आन्दोलन पछि पनि नेपालीले सुख नपाएको भन्दै अब आफ्नो अस्तित्व र पहिचानको रक्षाको लागि मगरात सभ्यताको जगमा टेकेर अगाडि बड्नुको बिकल्पसंगै विभित जाती, धर्म, संकार, संकृति सबैको भावनालाई एकीकरण गर्ने र नेपालको माटो र भुमीलाई बचाउन र आफ्नो हक अधिकार सुनिस्चित्ता एवं राज्यको बिकास गर्ने उद्देश्यले मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन गरेको बताए ।
डा.गोविन्द थापा मगर प्रमुख अतिथि भएको कार्यक्रममा मगरातको राजनितिक घोषण पत्र सार्बजानिक गर्दै मगराँत केन्द्रिय सँघर्स समिति पनि निर्माण गरियो । जसमा राम मगरको अध्यक्षतामा ४० जना सदस्य टोलिको केन्द्रिय समिति निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया