काठमाडौं । निर्देशक हाङ चेम्जोङ लिम्बूको निर्देशनमा लिम्बू समुदायले बर्षौदेखि नाच्दै आईरहेको लोपोन्मुख पालाम ‘तुरुप्पे’ सार्वजनिक गरिएको छ । भक्ति आङ्देम्बे शव्द तथा लय संकलनमा गायीका निरन्ता नेम्बाङ र भक्ति आङ्देम्बेको आवाजमा सजिएको लोपोन्मुख पालाम ‘तुरुप्पे’ सार्वजनिक गरिएको हो ।

गायक उदय बेघा र गायीका गंगा सिङजाङगोको कोरस आवाज रहेको पालामको भिडियोमा लक्ष्मी योङ्हाङ, भक्ति आङ्देम्बे, उदय बेघा, बिबेक बेघा, बसन्ता सुब्बा, नरेश वनेम, रिया कन्दवा, दिलु पन्धाक मादेन, बाल कुमारी पंधाक, टंकमाया कुरुम्बाङ्, जिता पाङ्मा, सनी लिम्बु, हर्क घिसिङ्, पुष्पा दिवानी तिगेला र सुसु हाङ काम्बाङले अभिनय गरेका छन् । सुजन दाहालको छायांकन, झरना लिम्बू र सबु गुरुङको श्रृंगार रहेको पालाम भिडियोमा पर्शु थलङको सम्पादन रहेको छ । भाषा अनुबाद यासेली योङ्हाङ्को रहेको पालाम याक्थुङ लिम्बु कल्चरल युनिटी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

तपाईको प्रतिक्रिया